अमेरिका पठाइदिने प्रलोभनमा १५ लाख रुपियाँ ठगी गर्ने दुई जना पक्राउ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

अमेरिका पठाइदिने प्रलोभनमा १५ लाख रुपियाँ ठगी गर्ने दुई जना पक्राउ - Gandaki Express


मंसिर १२ गते । अमेरिकामा वैदेशिक रोजगारी लगाइदिने प्रलोभनमा १५ लाख रुपियाँ ठगी गर्ने काठमाडौँका विशाल श्रेष्ठ र शान्ति श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । 


काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनीहरूले चन्द्र बहादुर रावललाई अमेरिकाको प्रतिष्ठित कम्पनीमा मासिक तीन लाख रुपियाँ तलब हुने र यसका लागि प्रतिव्यक्ति ४० लाख रुपियाँ लाग्ने भनी प्रलोभनमा पारेका थिए । 


पटकपटक गरी १५ लाख रुपियाँ लिएर सम्पर्कविहीन रहेका उनीहरूलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :