यातायात कार्यालयको काम अनलाइन प्रणालीबाट - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

यातायात कार्यालयको काम अनलाइन प्रणालीबाट - Gandaki Express


मङ्सिर २४ गते । सेवाग्राहीको चाप कम गर्दै छिटोछरितो सेवा प्रवाहका लागि यातायात कार्यालयमा अनलाइन प्रणाली सञ्चालनमा तीव्रता दिइएको छ । आर्थिक वर्ष २०८०÷८१ मा १८ वटा यातायात कार्यालयलाई अनलाइन प्रणालीमा लगिने योजनाअनुसार हालसम्म १४ वटा कार्यालयमा अनलाइन प्रणाली सुरु भएको छ । 


यातायात व्यवस्था विभागका अनुसार पछिल्लो एक सातामा धनगढी, महेन्द्रनगर, नेपालगन्ज, बुटवल र दाङको यातायात कार्यालयमा अनलाइन प्रणालीबाट सेवा सुरु भएको छ । अब अनलाइनबाटै सवारीसाधन दर्ता, लाइसेन्सको कर बुझाउने, नामसारी, दर्ता खारेज र सवारीसाधन नवीकरण जस्ता कार्य  हुने छन् । 


भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत भदौदेखि सबै यातायात कार्यालयबाट अनलाइन भुक्तानीसहितको विद्युतीय सेवा सुरु गर्ने योजनासहित काम अघि बढाएको थियो । पोखरामा यसअघि नै अनलाइन सेवा सञ्चालन गरिएको थियो । 


यातायात कार्यालयमा रहेका पुराना ढड्डालाई पनि अनलाइनमा राखिने भएको छ । विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले भन्नुभयो, “अनलाइनबाट सेवा सुरु भएका छन् । पुराना ढड्डालाई पनि अनलाइनमा राख्ने काम हुन्छ । अबको एक डेढ वर्षमा पुराना ढड्डा पनि अनलाइनमा राख्ने काम सकिन्छ ।”


अनलाइन सेवाप्रवाह गरिरहेको यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपुरका निमित्त कार्यालय प्रमुख राजकुमार कपालीले भन्नुभयो, “अनलाइनबाट सेवा सुरु भएपछि लामो लाइन बस्नुपरेको छैन । सेवाग्राहीलाई सास्ती कम भएको छ । केही प्राविधिक कुराले गर्दा बेलाबेलामा समस्या आउने गरेको छ । यसको पनि व्यवस्थापन हुन्छ ।”


यसैबिच सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को पूर्ण छपाइको काम एक महिनापछि सुरु हुने भएको छ । छपाइ कार्ड सकिएपछि विगत छ महिनादेखि अत्यावश्यक मात्रै छाप्दै आएको यातायात व्यवस्था विभागले पुस अन्तिमसम्म कार्ड आएपछि छपाइ सुरु हुने जनाएको छ । 


विभागका अनुसार हाल १२ लाखप्रति लाइसेन्स छाप्न बाँकी छ । जर्मनीको मुलभर्ग कम्पनीबाट कार्ड ल्याइँदै छ । पहिलो चरणमा छ लाखप्रति कार्ड आउँदै छ । त्यसको ८० दिनपछि थप छ लाखप्रति कार्ड आउने विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा आउने कार्डको गुणस्तर परीक्षण गरेपछि छपाइ सुरु हुने बताउनुभयो । 


हाल लाइसेन्सको माग दैनिक करिब पाँच हजारप्रति छ । दुई चरणमा आउने १२ लाखप्रति लाइसेन्स छाप्न बाँकी प्रिन्ट गर्दा सकिन्छ । थप कार्डका लागि नयाँ टेन्डर र मेसिन खरिद प्रव्रिmया अघि बढेको विभागले जनाएको छ । विभागका अनुसार श्रम र अध्ययनमा विदेश जाने नेपाली र शान्ति मिसनमा जाने नेपाली सेना एवं नेपाल प्रहरीका सवारीचालकलाई भने निवेदन दिएको दुई तीन दिनमै लाइसेन्स उपलब्ध गराइँदै आएको छ । 

पत्रपत्रिका 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :