पोखराको एक होटेलबाट लागु औषध सहित ३ जना पक्राउ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पोखराको एक होटेलबाट लागु औषध सहित ३ जना पक्राउ - Gandaki Express


पोखरा , पौष ५ ।  पोखरामा लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ परेका छन् । 
प्रहरीले  पोखरा महानगरपालिका वडा नं.०९ पृथ्वी चोकको एक होटेलबाट ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको हो । 

झापा धुलाबारी न.पा. वडा १० बस्ने वर्ष ३० को सबिन अलि, जिल्ला सङ्खुवासभा खाँतबारी नं.पा. वडा नं.०१ बस्ने वर्ष १९ को सन्दीप अधिकारी र जिल्ला धादिङ रोराङ गा.पा. वडा नं.०२ बस्ने वर्ष २५ को सबिन घलेललाई प्रहरीले नियन्त्रणमा लिएको हो  । 

उनीहरूका साथबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङको पदार्थ ३ ग्राम ५०० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ ।

निजहरूलाई नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा १० दिनको  म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ  ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :