पक्राउ पुर्जी जारि भएपछि गण्डकीका पूर्व सहकारी रजिष्ट्रार फारार लिस्टमा - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पक्राउ पुर्जी जारि भएपछि गण्डकीका पूर्व सहकारी रजिष्ट्रार फारार लिस्टमा - Gandaki Express


पौष ६, पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत  उदयबहादुर पराजुली फरार भएका छन् ।  सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिष्ट्रार समेत रहेका  पराजुलीविरुद्ध पक्राउ पुर्जी जारि  भएपछि उनि  फरार लिस्टमा रहेको बताइएको छ   ।

कास्की प्रहरीका अनुसार मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न रकम लिएको खुलेपछि पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएपछी उनको खोजि भइरहेको प्रहरीले जनाएको छ ।

कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विक का अनुसार मित्रमिलन सहकारीको रकम अपचलन अभियोगमा अहिलेसम्म पाँच जना पक्राउ परिसकेको र  पोखरा २१ का वडाध्यक्षसहित केही व्यक्ति अझै फरार रहेपनि उनीहरूको खोजी भइरहेको र अनुसन्धान जारी रहेको छ  ।

मित्रमिलन सहकारीको सातसय ४४ बचतकर्ताले रकम फिर्ताको मागसहित जिल्ला प्रहरी कार्यालय कास्कीमा उनीहरुविरुद्ध २० करोड दाबी सहित   जाहेरी दर्ता गरेका छन् ।

कुश्मा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुनु अगाडी  पराजुली  सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीमा रजिष्ट्रार भएको अवधिमा मित्रमिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा पराजुलीले रकम लिएको सहकारीका सञ्चालकको बयानमा खुलेको र छानबिनका क्रममा रकम लिएको देखिएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :