पोखरा ६ का वडा सदस्य पहारी सहित चारजना कारागार चलान - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पोखरा ६ का वडा सदस्य पहारी सहित चारजना कारागार चलान - Gandaki Express


पोखरा , पौष ७ गते । ठगी अभियोगमा पक्राउ परेका पोखरा महानगरपालिका ६ का वडा सदस्य दीपेन्द्र पहारी सहित चारजना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।


कारागार चलान हुने अन्यमा पोखरा लेकसाइडकै ४१ वर्षीय विकास पहारी, २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार अप्पे भनिने अभिषेक बराल छन् ।


फेवाताल किनार लेकसाइड फुटट्रेलमा फोटोग्राफी गरेबापत विभिन्न किसिमबाट धम्काई फोटोग्राफी व्यवसायी दर्ता नगरी ठगी गरेको भनी उनीहरुविरुद्ध १५ जनाले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए ।


यसअघि प्रहरीले उनीहरुलाई पक्राउ गरी ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ एक्सटर्सन सम्बन्धी मुद्दामा अनुसन्धान गरेको थियो ।


उनीहरुले प्रतिव्यक्ति साढे १३ हजार उठाएर फोटोग्राफी व्यवसाय दर्ता नगरी ठगी गरेको अनुसन्धानमा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले बताउनुभयो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :