स्याङ्जामा गोरु चराउन जाँदा बेपत्ता भएका चन्द्र जङ्गलमा मृत भेटिए - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

स्याङ्जामा गोरु चराउन जाँदा बेपत्ता भएका चन्द्र जङ्गलमा मृत भेटिए - Gandaki Express

सांकेतिक तस्विर 


स्याङ्जा, पौष ७ गते । स्याङ्जामा  गोरु चराउन गएका  चन्द्रबहादुर राना मृत भेटिएका छन् । 

स्याङ्जाको बिरुवा गाउँपालिका –२ का राना घर नजिकैको मौवा घारी जङ्गलमा मृत भेटिएका हुन् । 

चराउन लगेका गोरु साँझ घरमा फर्केर आएको तर राना घर नफर्केपछि परिवारमा चिन्ता थपिएको थियो । 

उनी घर नफर्केपछि परिवारले सबैतिर हारगुहार गरेको थियो । जङ्गलमा खोजतलासको क्रममा शुक्रवार उनको  उनको शव भेटिएको प्रहरीले जनाएको छ  ।

प्रहरीका अनुसार जङ्गलमा उनको ज्यान कसरी गयो भन्ने सन्दर्भमा अझै पनि कारण पत्ता नलागिसकेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :