दुबईबाट रुसी सेनामा पुगेका स्याङ्जाका अर्याल सहित अन्य तीन जनाको ज्यान गएको पुष्टि - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

दुबईबाट रुसी सेनामा पुगेका स्याङ्जाका अर्याल सहित अन्य तीन जनाको ज्यान गएको पुष्टि - Gandaki Express


रुसी सेनामा कार्यरत थप तीन नेपाली नागरिकको मृत्यु भएको छ । रुस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले आज जनाएको छ ।

राहदानी नं १२२९९८९१ वाहक स्याङ्जाको वालिङ् नगरपालिका-१४ मान्खुका युवा हरिप्रसाद अर्यालको रुसमा युद्धको क्रममा मृत्यु भएको छ ।

त्यस्तै राहदानी नं ११०२७१७५ वाहक कैलालीका भरबहादुर शाह र राहदानी नं ०७५७३७३८ वाहक धादिङका राजकुमार गिरीको निधन भएको स्रोतले जनाएको छ  ।

नेपाली सेनामा भर्ती भएको तीन वर्षमा नै अर्याल वैदेशिक रोजगारीका लागि दुबईमा केही समय काम गरेर  गत कार्तिक ३ गते  रुस पुगेका थिए  ।

परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार डिसेम्बर ३ मा घटनामा भएको भए पनि  डिसेम्बर २८ मा मात्रै खबर आएको हो  ।

परराष्ट्रका अनुसार  यसअघि रुसी सेनामा कार्यरत गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाण गङ्गा–१ का रूपक कार्की, पोखरा कास्कीका देवान राई, पुतली बजार–५ स्याङ्जाका पितम कार्की, मेलुङ–६ दोलखाका राजकुमार रोका, इलाम–५ इलामका गङ्गाराज मोक्तान र कुन्दन सिंह नागल लगायतको ज्यान गइसकेको छ  ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :