वैदेशिक रोजगारीमा पठाउने भनी लाखौं ठगी गर्ने दुई जना पक्राउ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

वैदेशिक रोजगारीमा पठाउने भनी लाखौं ठगी गर्ने दुई जना पक्राउ - Gandaki Express


 प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भनी रकम ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।


काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीका अनुसार स्थायी घर पाल्पा बग्नासकाली गाउँपालिका वडा नंं १ भई हाल काठमाडौँ बस्दै आएका ३० वर्षीय मायादेवी रानाले दीपक राज कँडेल समेतलाई माल्टा जान प्रतिव्यक्ति आठ लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि एक प्रतिष्ठित होटलमा मासिक तलब एक लाख ५० हजार रुपियाँ तलब हुने प्रलोभनमा पीडितहरूबाट पटकपटक गरी ४३ लाख रुपियाँ लिई सम्पर्कविहीन बनेकी थिइन् ।


यस्तै, चेक रिपब्लिक पठाउने भनी एक लाख ८० हजार रुपियाँ ठगी गर्ने स्थायी घर मोरङ विराटनगर महानगरपालिका वडा नं. ११ भई हाल काठमाडौँ बस्ने ३९ वर्षीय विकास राईलाई प्रहरीले पक्राउ गरेको छ ।


राईले चेक रिपब्लिक जान प्रतिव्यक्ति १३ लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि एक लाख ८० हजार रुपियाँ मासिक तलब हुन्छ भनी दिवान गिरी समेतबाट सो रकम ठगी गरेको प्रहरीले जनाएको छ ।


उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :