प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्तो छ आजको कार्यसूची

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्तो छ आजको कार्यसूची


प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने संसद्‌ सचिवालयले जनाएको छ।


बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेको महासचिव पदमप्रसाद पाण्डेयद्वारा जारी गरिएको सम्भावित कार्यसूचीमा उल्लेख छ ।


बिहीबारको बैठक आवश्यक गणपुरक संख्या नपुगेपछि स्थगित गरिएको थियो । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची थियो । तर संख्या नपुगेपछि आजसम्मका लागि बैठक स्थगित भएको हो ।


हिजोको बैठकमा गणपूरक संख्या पुग्न एक चौथाइ अर्थात ६९ जना सांसद हुनुपर्नेमा ६५ जना मात्र उपस्थित देखिएपछि सभामुख देवराज घिमिरेले आज बिहान ११ बजेसम्मका लागि बैठक स्थगितको घोषणा गर्नुभएको थियो ।


आजको बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुहुनेछ ।


कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणाले राष्ट्रियसभामा उत्पति भएको ‘खाद्य स्वच्छता तथा गुणस्तर बिधेयक सबन्धी समितिको प्रतिबेदन २०८०’ पेश गर्नुहुने कार्यक्रम छ ।


अर्थमन्त्री प्रकाशशरण महतले ‘भन्सार बिधेयक २०८०’ माथि बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ भने ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संसोधन) बिधेयक २०८०’ लाई दफाबार छलफलका लागि सबन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :