श्रीमानको कुटपिटबाट श्रीमती घाइते

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

श्रीमानको कुटपिटबाट श्रीमती घाइते

तस्विर : गोरखापत्र 


फागुन ११ गते । ताप्लेजुङमा श्रीमानको कुटपिटबाट एक महिला घाइते हुनुभएको छ । जिल्लाको मैवाखोला गाउँपालिका–६ फाकुम्बाका दिलबहादुर बस्नेतको कुटपिटबाट २६ वर्षीया मनमाया शेर्पा (बस्नेत) घाइते हुनुभएको हो ।


ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूका अनुसार बस्नेतले कुटपिट र दुर्व्यवहार गरी श्रीमतीलाई घाइते बनाएका हुन् । घरायसी विवादलाई लिएर आफ्नी श्रीमतीमाथि बस्नेतले कुटपिट गरेको पाइएको प्रनाउ लिम्बूले बताउनुभयो । उहाँका अनुसार मङ्गलबार राति बस्नेतले श्रीमतीको शरीरमा नीलडाम र चोट लाग्ने गरी कुटपिट गरेका हुन् ।   


यता श्रीमानको कुटपिट र दुर्व्यवहारबाट घाइते हुनुभएकी पीडित मनमाया जिल्ला अस्पताल ताप्लेजुङमा उपचाररत हुनुहुन्छ । उहाँको अनुहार र आँखाको डिलमा गम्भीर नीलडाम छ भने बायाँ खुट्टामा गहिरो चोट लागेको छ । शरीरका अन्य भागमा नीलडाम र चोट नदेखिए पनि कुटाइका कारण पीर खेपिरहनुपरेको उहाँले बताउनुभयो । 


घरमा ओछ्यानमा सुतिरहेको अवस्थामा मध्यराति मदिरा सेवन गरी आउनुभएका श्रीमान् र उहाँका साथीहरू समेतले डोरीले बाँधेर आफूलाई कुटपिट गरेको पीडित महिलाले बताउनुभएको छ । हात बाँधेर जथाभाबी कुटपिट गर्न थाल्दा भाग्न सफल भएकाले मात्र आफ्नो ज्यान बचेको पनि उहाँले बताउनुभयो ।


कुटपिट भइरहेकै बेला भागेर ज्यान बचाउन सफल भएपछि आफूले प्रहरीलाई खबर गरेको र प्रहरीकै उद्धारमा आफूले जिल्ला अस्पताल ताप्लेजुङमा उपचार गराइरहेको उहाँको भनाइ छ । करिब डेढ वर्षको काखे बालक (छोरा) साथमा लिएर उहाँले आफ्नो उपचार गराइराख्नुभएको छ । 


पीडित महिलालाई सहयोग गर्ने आफन्त कोही नआएपछि उहाँको निःशुल्क उपचारका लागि जिल्ला अस्पतालसँग समन्वय गरिदिएको पनि प्रहरी नायब उपरीक्षक लिम्बूले बताउनुभयो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :