छोरी जन्मिएको भन्दै नवजात शिशुलाई अस्पतालमै छाडेर बच्चाकी आमा फरार

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

छोरी जन्मिएको भन्दै नवजात शिशुलाई अस्पतालमै छाडेर बच्चाकी आमा फरार


काठमाडौंको एक अस्पतालमा शिशु चोरी भएको घटना सेलाउन नपाउँदै पर्साको वीरगञ्जमा भने छोरी जन्मिएको भन्दै नवजात शिशुलाई अस्पतालमै छाडेर एक जना आमा फरार भएकी छन् । 


वीरगञ्जको रानीघाट ६ ठेगाना अस्पतालमा टिपाउनु भएकी सीता देवीले शनिबार बिहान साढे ६ बजे छोरीको जन्म दिएकी थिइन् । साँझ अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षागार्डको आँखाछलेर उनी फरार भएको अस्पतालले जनाएको छ । 


त्यसअघि तीन छोरी जन्माइसकेकी सीताको चौथो सन्तान पनि छोरी जन्मिएपछि अस्पतालमै नवजात शिशु छाडेर आमा फरार भएको अस्पताल पदाधिकारीको भनाइ छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहका अनुसार अस्पताल वरपर खोजतलास गर्दा आमा नभेटिएपछि प्रहरीलाई जानकारी गराइएको जानकारी दिनुभयो । 


नारायणी अस्पतालको प्रसूति वार्डको नर्सिङ इन्चार्ज हेमा थापाका अनुसार छोरी जन्मिएको भन्दै परिवारले झैझगडा गरेपछि अस्पतालमा रहेका आमा र हजुरआमा शिशुलाई अस्पतालमा अलपत्र छाडेर हिंडेको जानकारी दिनुभयो । 


सीता देवीलाई अस्पतालमै पनि परिवारजनले तनाव दिएजस्तो देखिएको थियो । पछि आमा र हजुरआमा कोही नभेटिएपछि शिशुलाई एनआइसीयूमा राखिएको बच्चा स्वस्थ रहेको प्रसूति वार्डको नर्सिङ इन्चार्ज थापाले बताउनुभयो । 


जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले अस्पतालमा गलत ठेगाना टिपाइएकाले फरार रहेकी नवजात शिशुकी आमाको खोजी कार्यमा कठिनाइ भइरहेको बताउनुभयो ।  

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :