बेपत्ता भएका एक वर्षीय बालकको उद्धार , अपहरण गर्ने महिला पक्राउ - Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

बेपत्ता भएका एक वर्षीय बालकको उद्धार , अपहरण गर्ने महिला पक्राउ - Express


जनकपुरधामबाट बेपत्ता भएका एक वर्षीय बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । जनपुरधाम उपमहानगरपालिका-२३ स्थित डेरा गरी बस्ने रुपेश कुमार झाका छोरा एक वर्षीय रुद्धाआंश झाको प्रहरीले सकुशल उद्धार गरेको हो ।


गत फागुन १२ गते साँझ घरको वरण्डामा खेलिरहेको बेला अपहरणमा परेका बालकलाई महोत्तरीको लोहारपट्टी नगरपालिका-३ स्थित बिभा देवी मण्डलको साथबाट उद्धार गरेको धनुषाका प्रहरी प्रवक्ता  डिएसपी रञ्जन अवालेले जानकारी दिनुभयो ।


बालक बेपत्ता भएपछि स्थानीयले दिएको जानकारी अनुसार खोजतलास गर्दा उपमहानगरपालिका २४ बस्ने ४२ वर्षीया बिभा देवी मण्डलको साथबाट बालक फेला पारेको डिएसपी अवालेले बताउनुभयो । साथै बालक अपहरण गर्ने बिभा मण्डलविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गरी प्रहरी कारबाही प्रक्रिया अघि बढाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :