त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी- २० सिरिजको दोस्रो खेलमा नेपालले आज नेदरल्याण्डससँग खेल्दै

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी- २० सिरिजको दोस्रो खेलमा नेपालले आज नेदरल्याण्डससँग खेल्दै


 त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी- २० सिरिजको दोस्रो खेलमा नेपालले आज नेदरल्याण्डससँग खेल्दैछ । टियु क्रिकेट मैदानमा यो खेल बिहान साढे ११ बजे सुरु हुनेछ ।


घरेलु मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमै नेपाल हिजो पाहुना टोली नामिबियासँग २० रनले पराजित भएको छ । सुरुवाती ब्याटिङ गरेको नामिबियाले प्रस्तुत गरेको दुई सय सात रनको लक्ष्य पच्छाउने क्रममा नेपाल १८ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउदै एक सय ८६ रनमा समेटियो ।


त्यसअघि टस जितेर पहिले ब्याटिङ राजेको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाउदै दुई सय ६ रनको योगफल बनाएको थियो ।


नामिबियाका लागि जान निकोल लेफिट इटनले ३३ बलमा शतक प्रहार गर्दै यसअघि कुशल मल्लको नाममा रहेको ३४ बलमा शतक पुरा गर्ने कीर्तिमान तोड्न सफल भए ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :