पोखरा , फाल्गुन १६ गते । बिहीबार पोखरा सेती नदीमा पानीको बहाव बढ्ने भएको छ ।
पोखरा १६ दिपमा रहको ड्याम खोलिने भएकाले फाल्गुन १७ गते बिहीबारका दिन सेती नदीमा पानीको बहाव बढ्ने भएको हो ।
सेती नदीमा पानीको बहाव बढ्न सक्ने हुँदा नदी वरिपरि काम गर्ने तथा आवतजावत गर्ने मानिसहरूले चनाखो भई कार्य गर्न र नदिका किनारमा नजान साथै सुरक्षा सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय कास्कीले सूचित गरेको छ ।
प्रहरीका अनुसार पोखरा महानगरपालिका वडा नम्बर १ सिम्पानी बस्ने सार्की लामा तामाङ (मान बहादुर तामाङ) माछा मार्न जाने क्रममा सेती नदीले बगाई बेपत्ता भएपछि खोजी कार्यका लागि ड्याम खोल्न लागिएको हो ।
१४ गते नेपाल प्रहरी, सशस्त्र प्रहरी समेतको टोलीले खोजतलास गर्दा केही पत्तो नलागेपछि परिवार र आफन्तको आग्रहमा ड्याम खोल्न लागिएको हो ।