जिप दुर्घटनामा ८१ वर्षीय वृद्धको ज्यान गयो, अन्य ५ घाइते - Gandaki express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

जिप दुर्घटनामा ८१ वर्षीय वृद्धको ज्यान गयो, अन्य ५ घाइते - Gandaki express


धादिङको थाक्रे गाउँपालिका वडा नम्वर ८ काउले भन्ने स्थानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाईते भएका छन् ।


धुनीवेशी नगरपालिकास्थित नौविसेदेखी काउले गाउँतर्फ जाँदै गरेको बा १६ च ८११३ नम्वरको सो जिप कच्चि सडकबाट अन्दाजी एक सय पचास मिटर तल खसेर दुर्घटना भएको हो ।


दुर्घटनामा परी मृत्यु हुनेमा काउले निवासी ८१ वर्षीय शेर वहादुर तामाङ्ग भएको ईलाका प्रहरी कार्यालय खानी खोलाले जनाएको छ । दुर्घटनाका अन्य पाँचैजना धाईतेहरुलाई थप उपचारका लागी काठमाण्डौस्थित ट्रमा सेन्टर पठाईएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :