गोरखामा ७ बर्षीया नाबालिकालाई करणी गरेको आरोपमा ५७ बर्षीया पुरुष पक्राउ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

गोरखामा ७ बर्षीया नाबालिकालाई करणी गरेको आरोपमा ५७ बर्षीया पुरुष पक्राउ - Gandaki Express

 

फागुन १२ गते । गोरखामा ७ बर्षीया नाबालिकालाई करणी गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका – १४ सलाङगिरीका ५७ बर्षीया  सिताराम भन्ने दल बहादुर विश्वकर्मा भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । 


उहाँका अनुसार गत फागुन ९ गते बिहान ११ बजेको समयमा  नाबालिकालाई ललाई फकाई गरी सलाङगिरिको झलौटे धारा बनमा लगी करणी गरेको आरोपमा नाबालिकाको आमा मार्फत जाहेरी दरखास्तको आधारमा करणी आरोपी सिताराम भनिने दल बहादुर विश्वकर्मालाई शुक्रवार पक्राउ गरिएको हो । 


उनलाई थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :