पोखरा, फाल्गुन १७ गते। कास्की प्रहरीले बाल विवाह मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
कास्की जिल्ला अदालत पोखराको मिति ०७९ साल माघ २५ गतेको फैसलाले बाल विवाह मुद्दामा कैद र नगद जरिवानाको फैसला सुनाएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले कास्की अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ बस्ने सरस्वती वि.क. भन्ने बुद्धि सरा वि.क. र सोही स्थान बस्ने विनीता सुनारलाई पक्राउ गरेको हो ।
फरारको सूचीमा रहेका प्रतिवादीहरूलाई खोजतलास गर्दै जाने क्रममा फाल्गुन १६ गते दिउसो बाह्र बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बर १ बाट पक्राउ गरिएको हो ।
पक्राउ पश्चात् उनीहरूलाई अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।