होटलमा बेहोस अवस्था भेटिएकी युवतीको मृत्यु

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

होटलमा बेहोस अवस्था भेटिएकी युवतीको मृत्यु


 जनकपुरधामको रामानन्द चोकस्थित सिटी स्टार होटलमा बेहोस अवस्था भेटिएकी युवतीको मृत्यु भएको छ । मङ्गलबार बिहान ८ बजे पोखराकी अन्दाजी २७ वर्षीया खुश्बु सुनार सो होटलमा बेहोस अवस्थामा भेटिनुभएको हो ।


जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रन्जन अवाले बेहोस अवस्थामा भेटिनुभएको सुनारको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको बताउनुभयो । उहाँका अनुसार सो युवतीसँगै होटलमा बसेका दुई जना युवक फरार छन् ।


“होटलमा युवतीसँग दुई यवक बसेको जानकारी प्राप्त भएको छ । ति युवकहरु फरार भएका छन् । ति दुई युवकको खोजी कार्य भइरहेको छ,” प्रवक्ता अवाले भन्नुभयो ।


युवतीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएकोे र घटनाका विषयमा थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :