अमेरिका पठाइदिन्छु भनी साठी लाख ठगी गर्ने एक जना पक्राउ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

अमेरिका पठाइदिन्छु भनी साठी लाख ठगी गर्ने एक जना पक्राउ - Gandaki Express


फाल्गुन २९,  नेपाल प्रहरीले अमेरिका पठाइदिन्छु भनी रु ६० लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।


प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने उदयपुर त्रियुगा नगरपालिका वडा नं ७ घर भई हाल गोँगबु बस्ने ३६ वर्षीय लोकबहादुर राउतलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।


कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले अमेरिकामा रु सात लाख ५० हजारसम्म तलब हुने प्रलोभनमा पारी खिमा डाँगीसमेत दुई जनालाई ठगी गर्ने राउतलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।


पक्राउ परेका राउतले अमेरिका जानका लागि प्रतिव्यक्ति रु ८० लाखसम्म लाग्छ भनी दुई जनासँग रु ६० लाख लिएर फरार भएका थिए । राउतलाई गोँगबुबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता रेग्मीले बताउनुभयो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :