वन अधिकृतले काठ चिरानको लागि सात हजार घुस माग मागेपछि - Gandaki express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

वन अधिकृतले काठ चिरानको लागि सात हजार घुस माग मागेपछि - Gandaki express


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सव-डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।


सहायक वन अधिकृत पार्धेले काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग रु सात हजार घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।


उहाँले भन्नुभयो, “काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग रु सात हजार घुस लिएको पुष्टि भएपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।” पार्धेविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको प्रवक्ता घिमिरेले बताउनुभयो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :