सेञ्चुरी बैंकका सिइओ न्यौपानेसहित ११ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

सेञ्चुरी बैंकका सिइओ न्यौपानेसहित ११ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति


सिइओ न्यौपानेसहित ११ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति


उच्च अदालत पाटनले कमसल धितो राखी बढी कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परेका सेञ्चुरी बैंकका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मनोज न्यौपानेसहित ११ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।


प्रमुख प्रशासकीय अधिकृत मनोज न्यौपानेसहित ११ जनालाई थप पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न आज प्रहरीलाई अनुमति प्रदान गरिएको उच्च अदालत पाटनका उपरजिष्ट्रार एवं प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।


उहाँले भन्नुभयो, “सिइओ मनोज न्यौपानेसहित ११ जनालाई थप पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न आज म्याद थप भएको छ ।” केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले गएको माघ १५ गते उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :