तीन थान नक्कली सवारी दर्ता किताब सहित दुईजना पक्राउ

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

तीन थान नक्कली सवारी दर्ता किताब सहित दुईजना पक्राउ



काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा लिखत कीर्ते गरी सवारी दर्ता किताबलगायतका कागजात तयार गरी लिखत कीर्ते गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका–५ घर भई हाल चितवन भरतपुर महानगरपालिका–७ बस्ने २३ वर्षीय सविन राई र कास्की मादी गाउँपालिका–७ घर भई काठमाडौँ टोखा बस्ने ४८ वर्षीय सुरज मल्ल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिनुभयो ।


उहाँले भन्नुभयो, “लिखत कीर्ते गरी सवारी दर्ता किताबलगायतका कागजात तयार गरी लिखत कीर्ते गरेको भन्ने सूचनाका आधारमा हाम्रो टोलीले मीनभवनबाट राई र मल्ललाई पक्राउ गरेको हो ।”


पक्राउ परेकालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर पठाइएको र उनीहरुको साथबाट प्रहरीले सवारी दर्ता किताब तीन, मोबाइल दुई तथा नागरिकता प्रमाणपत्र बरामद गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :