चितुवाले गाउँ पसेर ४ जनामाथी आक्रमण गरेपछि

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

चितुवाले गाउँ पसेर ४ जनामाथी आक्रमण गरेपछि


 चितुवाको आक्रमणबाट आज विहान धादिङको नीलकण्ठ नगरपालीकास्थित वडा नम्वर ७ तल्लोवेसी भन्ने स्थानमा चार जना घाईते भएका छन् ।


घाईतेको धादिङ अस्पतालमा उपचार भईरहेको छ । चितुवाको आक्रमणबाट २५ वर्षीय गोमा श्रेष्ठ, ८३ वर्षय नन्दप्रसाद अधिकारी, ४३ वर्षीया विमला कोईराला र ३५ वर्षीय दिपक श्रेष्ठ रहेका छन् । उनिहरु गाउँमा बसिरहेको बेला गाउँ पसेको चितुवाले आक्रमणमा गरी घाईते बनाएको हो ।


चितुवाले गाउँ पसेर मान्छे घाईते बनाएपछि स्थानीयले सो चितुवालाई छेकेर मारेका छन् । मृत चितुवालाई डिभिजन वन कार्यालय धादिङमा बुझाईएको छ ।


केही दिनअघि पनि नीलकण्ठ नगरपालिकास्थित वडा नम्वर १२ मा चितुवाको आक्रमणबाट एक जना घाईते भएका थिए । पछिल्लो समय जंगलमा सल्केको डढेलोका कारण जंगली जनावरहरु गाउँ पस्ने क्रम समेत बढेको हो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :