चिनियाँ सुन तस्करसँग साठगाँठ देखिएका महरासँगको बयान सुरु

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

चिनियाँ सुन तस्करसँग साठगाँठ देखिएका महरासँगको बयान सुरु



काठमाडौँ, चैत ८ गते । सुनको अवैध तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु गरिएको छ ।


जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको रोहबरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) महरासँग बयान सुरु गरिएको ब्युरोका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । विद्युतीय सिगरेट (भेप) भित्र लुकाएर तस्करीमार्फत ल्याएको नौ केजी सुनका चिनियाँ तस्करसँग महरासँगको सम्पर्क देखिएपछि प्रहरीले महरालाई कपिलवस्तुबाट पक्राउ गरी आइतबार काठमाडौँ ल्याएको थियो ।


गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको ६० केजी सुन र २०७९ पुस १० गते विमानस्थलबाट भेपभित्र लुकाएर ल्याएको सुन तस्करीसम्बन्धी जाँचबुझ गर्न सरकारले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वको आयोगले तयार पारेको प्रतिवेदनमा सुन तस्करीमा महराको पनि संलग्नता देखिएको भन्दै कारबाही गर्न सिफारिस गरेको थियो ।


मङ्सिर २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ केजी सुन तस्करीमा सिआइबीले अनुसन्धान गरिरहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवनकुमार गुरुङसँग पनि महराको पटक पटक सम्पर्क भएको देखिएको छ । आयोगको प्रतिवेदनमा महरामाथि परिस्थितिजन्य प्रमाणका आधारमा मुद्दा चलाउन यथेष्ट प्रमाण पुग्ने भन्दै कारबाहीको सिफारिस गरिएको छ ।


चीनमा मासु निर्यात गर्ने उद्देश्यले वाङले महराका छोरा राहुलको साझेदारीमा सुनसरीबाट मासु प्रशोधन कम्पनी स्थापना गरेका थिए । मासुको निर्यातको आवरणमा वाङले नेपालबाट चीनमा प्रतिबन्धित जडीबुटी (यार्सागुम्बा) लगायत चीनमा तस्करी गर्ने र उताबाट वस्तु आयातको आवरणमा सुनको तस्करी सुरु गरेका थिए ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :