अटो दुर्घटनामा घाइते भएका अर्यालको ज्यान गयो, दुईजनाको उपचार हुँदै - Gandaki express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

अटो दुर्घटनामा घाइते भएका अर्यालको ज्यान गयो, दुईजनाको उपचार हुँदै - Gandaki express


अटो दुर्घटनामा परेर नवलपुरमा एकजनाको ज्यान गएको छ । अरु दुईजना घाइते भएका छन् । दुर्घटनामा एमालेका जिल्ला कमिटी सदस्य भुपलाल अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ । 


मध्यविन्दु नगरपालिका वडा नं. ११ कोटथर गरगरेको भित्री सडक खण्ड दमारबाट अरुणखोलातर्फ आँउदै गरेको ग.प्र.०४–००१ ह ००४ नम्बरको अटो चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


दुर्घटनामा घाइते अर्यालको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो । 


दुर्घटनामा मध्यविन्दु–१० की टिका देवी काफ्ले र तोयनाथ पोख्रेल घाइते हुनुभएको र उहाँहरुको  चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिनुभयो । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :