कर्णाली पुलबाट मदिरा सेवन गरी नाङ्गै हाम फालेका १७ युवा मध्ये लोकेन्द्र उतै अस्ताए - Exprss

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

कर्णाली पुलबाट मदिरा सेवन गरी नाङ्गै हाम फालेका १७ युवा मध्ये लोकेन्द्र उतै अस्ताए - Exprss



कैलालीको चिसापानीस्थित कर्णाली नदीको पुलबाट हाम फालेका १७ जना युवामध्ये एक जनाको ज्यान गएको छ । 

ज्यान जानेमा लम्कीचुहा नगरपालिका ३ चिसापानीका ३० वर्षीय लोकेन्द्र शाही छन् ।

लम्कीचुहा नगरपालिका-३ चिसापानीका स्थानीय युवाको समूह दिउँसो सँगै होली खेलेर साँझ करिब ५ बजे नुहाउन पुलबाट हाम फालेको हुनसक्ने ईलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।


मदिरा सेवन गरी नाङ्गै हिँडेका युवालाई प्रहरीले रोक्न खोज्दा आफूहरु स्थानीय भएको र पुलमा तस्बिर खिच्ने बताउँदै अटेर गरी गएको जनाइएको छ । एकपछि अर्को हाम फालेकामध्ये एकजना डुबेर बेपत्ता भएको हो ।

जनपद प्रहरी र सशस्त्र प्रहरीले घटनाको बारेमा खोजी अनुसन्धान गरिरहेको जनाईएको छ ।


गत बर्ष पनि पुलबाट हाम फालेर पौडिने होडबाजीमा डुबेर एक युवाको निधन भएको थियो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :