आफन्तको घरमा पाहुना गएका ७१ वर्षका वृद्धको बाघको आक्रमणबाट ज्यान गयो

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

आफन्तको घरमा पाहुना गएका ७१ वर्षका वृद्धको बाघको आक्रमणबाट ज्यान गयो


 चैत ४ गते । बाँकेको राप्ती सोनारी गाउँपालिका ९ ढकेरी नजिक बाघको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ । 


इलाका प्रहरी कार्यालय बाँकेका अनुसार ढकेरीमा आफन्तको घरमा पाहुना आउनुभएका दार्माकोट सल्यान निवासी ७१ वर्षीय नागेन्द्रप्रसाद शर्माको शव बाघले खाएको अवस्थामा कोहलपुर र ढकेरीको बिचमा रहेको भालुखोलामा फेला परेको छ । 


इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराईले शर्माको शव आइतबार बिहान फेला परेको जनाउँदै शवको प्रकृति हेर्दा बाघले खाएको जस्तो देखिएको बताउनुभयो । 


उहाँले सो बारेमा थप अनुसन्धान भइरहेको तथा मृतकका आफन्तसँग पनि सोधपुछ गर्ने कार्य भइरहेको बताउनुभयो । ढकेरी क्षेत्र बाँके राष्ट्रिय निकुञ्जसँग गाँसिएको क्षेत्र भएकोले सो क्षेत्रमा पाटेबाघ देखिने गरेको स्थानीयले जनाएका छन् । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :