लामो समयदेखि एकतर्फी प्रेम गर्दै आएका युवाले गरे प्रेम प्रस्ताव अस्वीकार गरेकै आधारमा युवतीको ह'त्या - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

लामो समयदेखि एकतर्फी प्रेम गर्दै आएका युवाले गरे प्रेम प्रस्ताव अस्वीकार गरेकै आधारमा युवतीको ह'त्या - Gandaki Express


चैत्र ४ गते। लामो समयदेखि एकतर्फी प्रेम गर्दै आएका २१ वर्षीय रुपेन्द्र लामाले प्रेम प्रस्ताव अस्वीकार गरेकै आधारमा काठमाडौं गोकर्णेश्वर नगरपालिका ३ कि १८ वर्षीय सुष्मा लामाको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आइतबार प्रहरीले सुष्माको हत्यामा संलग्न २१ वर्षीय रुपेन्द्र लामालाई सार्वजनिक गरेको हो। अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार माघ २४ गते कलेज जाने बाटोमा सुष्माको हत्या भएको थियो। 


कलेज जाने बाटोबाट करिब १० मिटर तल गोकर्णेश्वर नगरपालिका – ३ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जङ्गलमा दुई वटा हात मात्र देखिएको र शरीरको अन्य भाग पुरिएको अवस्थामा प्रहरीले उनको शव फागुन २४ गते  फेला पारेको थियो।


प्रवक्ता रेग्मीका अनुसार दुवै जना करिब एक÷दुई वर्षदेखि सँगै घाँस काट्न, बाख्रा चराउन जङ्गलमा जाने गरेको र निज लामाले एकतर्फी रुपमा मन पराउँदै आएका थिए। 


घटनाको दिन मृतक एक्लै कलेज गइरहेको अवस्थामा निजले बाटो छेकेर प्रेम प्रस्ताव राखेको र लामाले इन्कार गर्दा आक्रमण गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रेम प्रस्ताव अस्वीकार गरेपछि पछाडिबाट घाँटी थिची अचेत बनाई पहिले नै रेकी गरेको स्थानमा लगेर टाई र जुत्ताको तुनाले घाँटीमा कसेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ। सुष्मा मरेपछि कुटोले खाल्डो खनी पुरेको प्रहरीको अनुसन्धानको क्रममा खुलेको छ। 


निजले गत माघ २३ गते अर्कैको फोटो सम्पादन गरी मृतकको फेसबुकमा ‘सरी सबैलाई म तीन दिनपछि आउँछु’ लेखेर पोष्ट गरेपछि फेसबुक अकाउण्ट डिएक्टिभ गरेको प्रहरीले जनाएको छ।


सुष्मा हत्याका आरोपित लामालाई थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त, बौद्ध पठाइएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :