हजुरबुवा र नातीको हत्यामा संलग्न दुईजना एक महिनापछि पक्राउ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

हजुरबुवा र नातीको हत्यामा संलग्न दुईजना एक महिनापछि पक्राउ - Gandaki Express


पश्चिम नवलपरासी प्रहरीले घटना घटेको एक महिनापछि सुस्ता गाउँपालिका-३ मर्चहवामा हजुरबुवा र नातीको हत्यामा सम्लग्न दुई युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।


हत्यामा स्थानीय २९ वर्षीय अजय धरिकार र २० वर्षका चन्दन हरिजनको संलग्नता रहेको प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । गत फागुन १ गते ६५ वर्षका हजुरबुवा यक्षलाल चमार र ११ वर्षका नाती गौचरण चमारको धारिलो हतियार प्रयोग गरेर विभत्स हत्या भएको थियो ।


अनुसन्धानको क्रममा उनिहरुले छिमेकीसँगको रिस पोख्ने क्रममा दुई जनाको हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक काजिकुमार आचार्यले जानकारी दिनुभयो ।


छिमेकी अन्य व्यक्तिसँग झगडा भएको तर उक्त व्यक्ति माथी आक्रमण गर्ने उदेश्यले कुरेर बसेपनि ति व्यक्ति नआएपछि, उसैलाई फसाउने उद्देश्यले हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।


‘हत्यामा संलग्न भनिएका युवाहरुको छिमेकीसँग समान्य विवाद भएको र उक्त विवाद प्रहरीमा मिलापत्र समेत भईसकेको अवस्थामा बदला लिने उदेश्यले चन्दनले साथी अजयको सहयोग लिएर हत्या गरेको खुलेको छ, प्रहरी उपरिक्षक आचार्यले भन्नुभयो ।’


उनिहरुले झगडा भएका छिमेकिलाई हत्या गर्न कुरेर बसेपनि, ति व्यक्ति नआएपछि उसैमाथि प्रहरीले शंका गर्न सक्ने आँकलन गरेर नजिकै बस्ने हजुरवुवा र नातीको हत्या गरि गाँउमै बसेका थिए ।


नारायणी नदि किनारमा एकान्त स्थानमा रहेको घरमा भएको हत्याका क्रममा संलग्न भएका दुई जना युवाले मादक पर्दाथ र लागुऔषधको सेवन गरेको पाईएको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :