ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु , तीन घाइते - Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु , तीन घाइते - Express


चैत १२ गते । मेल्लेख गाउँपालिकाको षोडशादेवीबाट साँफेबगर आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 


मेल्लेख गाउँपालिका-७ सुयडमा सोमबार बिहान भएको दुर्घटनामा मृत्यु हुनेमा मेल्लेख गाउँपालिका-१ ऋषिदहका ५५ वर्षीय रंग धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी, १५ वर्षीय जनक धामी र २१ वर्षीय जनक धामी छन् । 


यस्तै, घाइते हुनेमा सोही वडाका ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी छन् भने घाइते भएका एक जना बालकको विवरण हालसम्म खुलेको छैन । घाइते तीन जनाको उपचारका लागि जिल्लाको बयलपाटा अस्पताल पठाइएको अछाम प्रहरीका निरीक्षक अर्जुन साउदले जानकारी दिनुभयो । 


सुदूरपश्चिम प्रदेश ००१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको र कारण खोजी भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेकाहरु साँफेबगर-मेल्लेख सडक खण्डका कामदारहरु रहेको बताइएको छ । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :