एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गयो , पछाडि बस्ने घाइते - Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गयो , पछाडि बस्ने घाइते - Express


जनकपुरधाम–ढल्केबर सडक-खण्डको मिथिला नगरपालिका–२ स्थित विश्वकर्मा चोकमा सोमबार राती भएको दुर्घटनामा एकजनाको ज्यान गएको छ ।

एम्बुलेन्स र मोटरसाइकल एकआपसमा ठोक्किँदा मिथिला नगरपालिका–३ हरिहरपुर बस्ने मोटरसाइकल चालक करिब २२ वर्षीय जितेन्द्र महतोको ज्यान गएको  छ भने मोटरसाइकलमा सवार दोश्रो व्यक्ति घाइते छन्।

जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको प्र २–००२–००१ च ०७१२ नम्बरको पवित्रि हेल्थ केयर विष्णुपुर सिरहाको एम्बुलेन्सले ज ११ प १९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

गम्भीर घाइते भएका महतोलाई उपचारका अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका  २५ वर्षीय सरोजकुमार महतोको न्यूरो अस्पताल जनकपुर उपचार भैरहेको प्रहरीले  जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :