नक्कली सुन धितो राखी चार करोड १४ लाख कर्जा लिएर फरार व्यक्ति पक्राउ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

नक्कली सुन धितो राखी चार करोड १४ लाख कर्जा लिएर फरार व्यक्ति पक्राउ - Gandaki Express


प्रहरीले नक्कली सुन धितो राखी चार करोड १४ लाख ८४ हजार रुपियाँ कर्जा लिएर फरार रहेका टोकनाथ साहलाई पक्राउ गरेको छ।


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता नरहरि घिमिरेका अनुसार नेपाल बैंक लिमिटेडमा नक्कली सुन धितो राखी ऋण लिएका थिए। निजलाई उच्च अदालत विराटनगरबाट ९८ लाख ८५ हजार पाँच सय ६४ रुपियाँ बिगो र तीन वर्ष कैदको फैसला भएको थियो।


प्रहरीका अनुसार स्थायी घर सप्तरीको कन्चनरुप नगरपालिका – ८ भइ हाल काठमाडौं बौद्ध बस्ने उनले लव वलि समेत विभिन्न व्यक्तिलाई अमेरिका पठाउने भनी एक करोड रुपियाँ ठगी गरी फरार रहेका थिए।


यस्तै, राधेश्याम रेग्मीको झोलाबाट अपरिचित व्यक्तिले ९७ हजार रुपियाँ नगद र खाली चेक चोरी गर्ने ४० वर्षीय रेशम अधिकारी पक्राउ परेका छन्।


स्थायी घर सिन्धुपाल्चोक बलेफी गाउँपालिका – ८ भइ हाल काठमाडौं शंखमुल बस्ने अधिकारीलाई बैङ्कमा सोधपुछ तथा सीसीटिभीबाट पक्राउ गरिएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ।


यसैगरी, रोमानिया पठाउने भनी दुई लाख ६० हजार रुपियाँ ठगी गर्ने २८ वर्षीय सुरेश राना पक्राउ परेका छन्।


प्रहरीका अनुसार उनले नवराज मल्ललाई रोमानिया जान सात लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि एक प्रतिष्ठित कम्पनीमा मासिक तलब ८० हजार रुपियाँ हुने भनी विश्वास देखाएर प्रलोभनमा पारेको खबर गोरखापत्रमा छ । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :