काठमाडौंबाट स्याङजातर्फ जाँदैगरेको बा ३ ख ९७९३ नम्बरको हाइसको ब्रेकफेल भइ कालीगण्डकी करिडोर सडकको बायाँतर्फको नालामा खस्दा दुर्घटना भएको छ ।
नवलपुरको बुलिङ्गटार –६ धाँसीस्थित कालीगण्डकी करिडोरमा हाइस दुर्घटना हुँदा ४ जना घाइते भएका हुन् ।
घाइतेहरुलाई उपचारका लागि पाल्पातर्फ पठाइएको र अन्य यात्रुलाई अर्को सवारी साधनमा चढाएर गन्तव्यतर्फ पठाइएको थियो ।
दुर्घटनामा परेर हाइसमा सवार १७ जनामध्ये ४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा काठमाडौं नागार्जुन नगरपालिका –९ बस्ने ६१ वर्षीय चुडामणी श्रेष्ठ, पाल्पा रामपुर नगरपालिका –७ का ९० वर्षीय जंगबहादुर श्रेष्ठ, पाल्पा रामपुर नगरपालिका –७ का ७३ वर्षीया पवित्रा लम्साल, स्याङजा गल्याङ नगरपालिका –११ का वर्षीया दिपा बस्याल भट्टराई घाइते भएका हुन् ।