फाल्गुन २८, काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले पुरुषको शुक्रकीट भण्डारण गरेर राख्ने काम सुरु गरेको छ ।
अस्पतालकी क्लिनिकल इम्ब्रियोलोजिस्ट डा. विनीता थापाले निःसन्तान दम्पतीलाई ध्यानमा राखेर पुरुषको शुक्रकीट भण्डारण गरेर राख्ने कार्य सुरु गरेको बताए ।
उनका अनुसार शुक्रकीट भण्डारण गर्नुको मुख्य उद्देश्य भविष्यमा हुने प्रजनन क्षमताको समाधान हो । जनचेतनाको अभावले १० जनालाई परामर्श दिएको एक जनाले मात्र सेवा लिने गरेको बताइएको छ ।
डा. थापाका अनुसार अस्पतालले यो सेवा सुरु गरेको पाँच महिना भयो । यो अवधिमा १५ जनाभन्दा बढी पुरुषले शुक्रकीट भण्डारण गरिसकेका छन् । भण्डारण गरिराखेको शुक्रकीटबाट दुई जना गर्भवती भएका छन् । यो सेवा वैदेशिक रोजगारमा जाने दम्पतीका लागि निकै प्रभावकारी हुने थापाको भनाइ छ ।