बसको ठक्करबाट ट्राफिक प्रहरी नायब निरीक्षकको ज्यान गयो - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

बसको ठक्करबाट ट्राफिक प्रहरी नायब निरीक्षकको ज्यान गयो - Gandaki Express


फाल्गुन २८, कोटेश्वरमा जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते हुनुभएका ट्राफिक प्रहरी नायब निरीक्षक टोपहादुर खत्रीको मृत्यु भएको छ ।


यही फागुन २० गते जुनेली यातायातको प्रदेश-३-०१-००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते खत्रीको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।


उहाँले भन्नुभयो, “जुनेली यातायातको बसको ठक्करबाट उहाँ गम्भीर घाइते भएर अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना हुनुभएका उहाँको हिजो उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटना गराउने बसका चालक नवराज गिरी प्रहरी नियन्त्रणमा छन् ।”


बसका चालक गिरीलाई प्रहरीले ‘सवारी ज्यान’सम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको र खत्रीको मृत्यु भएपछि अब सोहीअनुसारको मुद्दा प्रक्रिया अगाडि बढ्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :