चैत ८ गते । कास्कीमा काम गर्ने क्रममा भिरबाट खसेर मृत्यु भएका मजदुरको शव सशस्त्र प्रहरीले साढे दुई घण्टाको प्रयासमा निकालेको छ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ जिमिरेस्थित करुवा सेती हाइड्रोपावरमा काम गर्ने मजदुर बिहीबार दिउँसो काम गर्ने क्रममा अचानक भिरबाट लडेका थिए ।
गोरखा जिल्ला सहिद लखन गाउँपालिका-२ वतन भएका ५० वर्षीय यामबहादुर थापा अन्दाजी तीन सय मिटरमाथि भिरबाट खसेका थिए ।
भिरमा अड्किएको अवस्थामा रहेको थापाको शवलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ कालिका गण कास्कीबाट खटिगएको विशेष विपद् उद्धार टोलीले डोरीको सहायतामा भिरबाट निकालिएको हो ।
यति बेला उनको शवलाई पोस्टमार्टमका लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा राखिएको छ।