चैत्र ९ गते । झापाको कनकाई नगरपालिका ४ कनकाई पुलबाट प्रतिबन्धित लागू औषधसहित एकजनालाई प्रहरिले पक्राउ गरेको छ ।बिहीबार राति ८ः४५ बजेको समयमा पूर्वपश्चिम राजमार्गअन्तर्गत कनकाई ४ कनकाई पुलछेउबाट प्रतिबन्धित लागू औषधसहित दमक १ बस्ने २७ वर्षीय छङ राईलाई पक्राउ गरेको हो ।
राईले पछाडि बोकेको कालो झोलाभित्र कालो प्लास्टिकमा एबोट ४९ एम्पुल, डाइजापाम ४९ एम्पुल, नाम नलुखेको लागू औषध ४९ एम्पुल, लुपिजेसिक २ एमएल लेखेको स्टिकर ७० थान, रेडमी मोबाइल थान एक र नगद ६ हजार दुई सय फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।