जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४, ठूली पधेँरा बस्ने ४६ वर्षीय लीलाबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई बिहीबार बेलुकी भरुवा बन्दुकसहित पक्राउ गरिएको हो।
खत्रीको साथबाट एक नाले भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। भरुवा बन्दुकसहित हिँडिरहेको अवस्थामा खत्रीलाई पक्राउ गरिएको पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो।
पक्राउ परेका खत्रीमाथि थप अनुसन्धान भइरहेको श्रेष्ठले बताउनुभयो।

