एसइईको परीक्षामा विद्यार्थीहरूबाट पाँच सय भन्दा बढी मोबाइल बरामद - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

एसइईको परीक्षामा विद्यार्थीहरूबाट पाँच सय भन्दा बढी मोबाइल बरामद - Gandaki Express


चैत्र १७, माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षामा विद्यार्थीहरूले मोबाइल प्रयोग गरेको भेटिएको छ ।

शुक्रवार रौतहटका गौर, चन्द्रपुर, गरुडा समनपुरलगायत जिल्लाका ३१ वटा परीक्षा केन्द्रबाट पाँच सय भन्दा बढी मोबाइल बरामद भएका छन् ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रामविनय सिंहसहितको अनुगमन टोलीले परीक्षा हलबाट उक्त सङ्ख्यामा मोबाइल बरामद गरेको हो ।

एसइई परीक्षालाई मर्यादित, अनुशासित एवं शान्तिपूर्ण बनाउन जिल्ला परीक्षा अनुगमन समितिका पदाधिकारीहरू अनुगमनका लागि गएका थिए ।

बरामद गरिएको मोबाइल सेटमा परीक्षा सकिएपछि फिर्ता गरिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :