राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइई परीक्षा अनुगमनका लागि वितरण गरिएका अनुमति पत्र रद्द - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइई परीक्षा अनुगमनका लागि वितरण गरिएका अनुमति पत्र रद्द - Gandaki Express


 

राष्ट्रिय परीक्षा बोर्डले अनुगमनका लागि वितरण गरिएका अनुमति पत्र रद्द गरेको छ । बोर्डले एक सूचना जारी गर्दै उक्त कुरा बताएको हो ।

आधिकारिक व्यक्तिहरू बाहेकका अन्य व्यक्तिहरू विभिन्न परीक्षाकेन्द्रहरूमा गएको कारणबाट परीक्षार्थीहरूको लेखन कार्यमा असुविधा भएको भन्दै यस्तो निर्णय गरेको बोर्डले जनाएको छ ।

बोर्डले प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिसमेतका आधिकारिक पदाधिकारीहरू बाहेकका अन्य व्यक्तिहरूका लागि प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति तथा जिल्ला परीक्षा समन्वय समितिबाट अनुगमनका लागि वितरण गरिएका सबै अनुमति पत्र रद्द गरेको हो ।

"अनुगमनका लागि खटिनु पर्ने आधिकारिक व्यक्तिहरू बाहेकका अन्य व्यक्तिहरू विभिन्न परीक्षाकेन्द्रहरूमा गएको कारणबाट परीक्षार्थीहरूको लेखन कार्यमा असुविधा भएको भनी केही जिल्लाका केन्द्रहरूबाट गुनासा प्राप्त भएको विषयमा राष्ट्रिय परीक्षा बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ।" सूचना भनिएको छ ।

आज जारी सूचनामा भनिएको छ : 

"हिजो मिति २०८० साल चैत्र १५ गते बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई सहज र व्यवस्थित बनाउन सहयोग पुर्‍याउनुहुने सम्बन्धित शिक्षक, अभिभावक लगायतका सम्पूर्ण सरोकारवालाहरूलाई राष्ट्रिय परीक्षा बोर्ड हार्दिक धन्यवाद व्यक्त गर्दछ । सोही दिन सम्पन्न भएको अङ्ग्रेजी विषयको परीक्षामा अनुगमनको नाममा अनुगमनका लागि खटिनु पर्ने आधिकारिक व्यक्तिहरू बाहेकका अन्य व्यक्तिहरू विभिन्न परीक्षाकेन्द्रहरूमा गएको कारणबाट परीक्षार्थीहरूको लेखन कार्यमा असुविधा भएको भनी केही जिल्लाका केन्द्रहरूबाट गुनासा प्राप्त भएको विषयमा राष्ट्रिय परीक्षा बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ। प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिसमेतका आधिकारिक पदाधिकारीहरू बाहेकका अन्य व्यक्तिहरूका लागि प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति तथा जिल्ला परीक्षा समन्वय समितिबाट अनुगमनका लागि वितरण गरिएका अनुमति पत्र रद्द गरिएको छ । आवश्यक परेमा त्यस्ता व्यक्तिहरूबाट पर्यवेक्षण मात्र गर्न लगाउन सकिने बेहोरा जानकारी गराइन्छ । साथै सम्पूर्ण परीक्षार्थीहरूलाई उच्च मनोबल र निर्भयका साथ परीक्षामा सहभागी हुने वातावरण सिर्जना गर्न र मर्यादित रूपमा परीक्षा सञ्चालन गराउने व्यवस्था हुनका लागि प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिहरूबाट आवश्यक व्यवस्था गर्न गराउन सबै परीक्षा केन्द्रहरूमा समन्वय हुन समेत हार्दिक अनुरोध छ । साथै परीक्षा केन्द्रलाई व्यवस्थित, भयरहित र शान्तिपूर्ण बनाई सहज रूपमा विद्यार्थीले परीक्षा दिन पाउने वातावरण सिर्जना गरी सहयोग गर्न अन्य सम्बन्धित सबै सरोकारवालाहरूसँग समेत राष्ट्रिय परीक्षा बोर्ड हार्दिक अनुरोध गर्दछ ।"

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :