त्रिविले अब देखि प्रश्नपत्र निर्माण गर्दा अंग्रेजी र नेपाली दुवै माध्यममा निर्माण गर्ने - TU Notice

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

त्रिविले अब देखि प्रश्नपत्र निर्माण गर्दा अंग्रेजी र नेपाली दुवै माध्यममा निर्माण गर्ने - TU Notice


चैत्र १६, त्रिभुवन विश्व विद्यालयले अब देखि प्रश्नपत्र निर्माण गर्दा अंग्रेजी र नेपाली दुवै माध्यममा बनाउने भएको छ ।

त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०८० साल चैत्र १५ गते बसेको बैठकले त्रिभुवन उक्त निर्णय गरेको हो ।

यो सँगै बार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायहरुको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अंग्रेजी र नेपाली दुबै भाषामा निर्माण हुने भएका हुन् ।

" आगामी प्रथम बर्षको परीक्षा देखिनै अनिवार्य रुपमा लागु गरी क्रमशः दोस्रो तेस्रो र चौथो बर्षमा समेत लागुगर्ने निर्णय गरेको बेहोरा यसै सूचनाबाट जानकारी गराइन्छ ।" सूचनामा भनिएको छ ।

त्रि वि द्वारा जारी सूचना : 

" त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०८० साल चैत्र १५ गते बसेको बैठकले त्रिभुवन विश्ववि‌द्यालयबाट लिइने बार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायहरुको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अंग्रेजी र नेपाली दुबै भाषामा आगामी प्रथम बर्षको परीक्षा देखिनै अनिवार्य रुपमा लागु गरी क्रमशः दोस्रो तेस्रो र चौथो बर्षमा समेत लागुगर्ने निर्णय गरेको बेहोरा यसै सूचनाबाट जानकारी गराइन्छ ।"



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :