भरतपुर महानगरपालिका १ रामनगर स्थित मुग्लिङ-नारायणगढ राजमार्गमा राखेको चेकिङ पोस्टमा रोकिराखेको बागमती प्रदेश ०१-००६ ख ४८८८ नम्बरको यात्रु बससँग ग २ ख २२५ नम्बरको हायस अनियन्त्रित भई ठोकिँदा ८ जना घाइते भएका हुन्।
घाइते हुनेहरूमा भरतपुर-११ बस्ने४४ वर्षीया मिना सापकोटा, ४० वर्षका केशर साह, भरतपुर-१४ की ५१ वर्षिया धनुमाँया ढकाल र भरतपुर २ बस्ने ३० वर्षका काशी उपरकोटी रहेका छन्।
त्यस्तै भरतपुर २१ बस्ने ४४ का मेकना तामाङ, भरतपुर १४ बस्ने ५३ वर्षका हरिराम ढकाल, तुल बहादुर घले, गोर्खा सिरान्चोकका प्रीति रम्तेल रहेकी छन्।
घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जानकारी दिएको छ।
घाइतेहरूको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।
घाइतेहरूको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जानकारी दिएको छ।
घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको छ ।