बोलेरो जीप दुर्घटना हुँदा चालक सहित दुईजनाको ज्यान गयो, चार घाइते - Gandakiexpress

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

बोलेरो जीप दुर्घटना हुँदा चालक सहित दुईजनाको ज्यान गयो, चार घाइते - Gandakiexpress


गमगढीदेखि सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको बोलेरो जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।


कर्णाली प्रदेश ०२–००१ ज ००५९ नम्बरको सो जीप सोरु–६ कक्छेगाउँ नजिक रहेको चार मोड भन्ने ठाउँको सडकबाट अन्दाजी एक सय मिटर बढी तल खसेको जनाइएको छ ।


दुर्घटनामा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।


प्रनाउ थापाका अनुसार मृत्यु हुनेमा जीप चालक कविराज नेपाली र पहिचान नखुलेका एक जना महिला रहेकी छिन् । घाइते हुनेमा मन्जने नेपाली, सर्जन नेपाली , हीरादिङ नेपाली र प्रेम नेपाली रहेका उहाँले बताउनुभयो ।


घाइते मन्जनेको अवस्था चिन्ताजनक अवस्थामा रहेको बताइएको छ । प्रनाउ थापाले घाइतेलाई उद्धार गरी उपचारार्थ मुगु जिल्ला अस्पतालतर्फ ल्याइँदै गरेको जानकारी दिनुभयो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :