लहरीमा ग्यास लोड गदैगर्दा पिकपले ठक्कर दिँदा एकजनाको ज्यान गयो - express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

लहरीमा ग्यास लोड गदैगर्दा पिकपले ठक्कर दिँदा एकजनाको ज्यान गयो - express


धनकुटामा रोकी राखेको लहरीमा पिकअप ठोकिदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रकका चालक सिराहा गोल बजार घर भई धनकुटा नगरपालिका ९ बस्ने ३० बर्षिय निरज ठकुरी रहेका छन्।


ठकुरी लहरीमा ग्यास लोड गदैगर्दा पिकपले ठक्कर दिदा लहरी माथिवाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। सिधुवावाट सब्जी लोड गरेर धरान तर्फ जादै गरेको बा.प्र.०१–०२६ च ८९९२ नम्बरको पिकअप गाडी धनकुटा नगरपालिका ६ स्थित कोल्डस्टोरमा रोकिराखेको बा.प्र.०१–००६ ख ४६५२ नम्बरको लहरीमा ब्रेक फेल भई ठोकिएको थियो। पिकअपले एक मोटरसाइकल र स्कुटरलाई समेत क्षती पुर्याएको छ।


पिकअप चालक चेत बहादुर बिसुङ्खेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख श्याम सिंह चौधरीले बताउनु भयो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :