ठकुरी लहरीमा ग्यास लोड गदैगर्दा पिकपले ठक्कर दिदा लहरी माथिवाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। सिधुवावाट सब्जी लोड गरेर धरान तर्फ जादै गरेको बा.प्र.०१–०२६ च ८९९२ नम्बरको पिकअप गाडी धनकुटा नगरपालिका ६ स्थित कोल्डस्टोरमा रोकिराखेको बा.प्र.०१–००६ ख ४६५२ नम्बरको लहरीमा ब्रेक फेल भई ठोकिएको थियो। पिकअपले एक मोटरसाइकल र स्कुटरलाई समेत क्षती पुर्याएको छ।
पिकअप चालक चेत बहादुर बिसुङ्खेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख श्याम सिंह चौधरीले बताउनु भयो ।

