७७ जना यात्रु सवार श्रीएयरको फ्लाइट दुई घण्टा आकाशमै फन्को मार्न थालेपछि यात्रुहरुबिच रुवावासी - gandaki express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

७७ जना यात्रु सवार श्रीएयरको फ्लाइट दुई घण्टा आकाशमै फन्को मार्न थालेपछि यात्रुहरुबिच रुवावासी - gandaki express

 

चैत १५ गते । धनगढीबाट काठमाडौंका लागि उडेको श्रीएयरको फ्लाइट नम्बर २२८ खराब मौसमका कारण दुई घण्टा २२ मिनेट आकाशमै फन्को मारेपछि यात्रुले सास्ती भोग्नुपरेको छ ।


धनगढी–काठमाडौंको उडान समय ५० देखि ५५ मिनेट हो । धनगढीबाट ७ः२२ बजे उडेको सो जहाज मौसम खराब हुँदा काठमाडौबाट फर्किएर भैरहवामा आपतकालीन अवतरण गरिएको हो । 


श्रीएयरलाइन्सका धनगढीमा प्रमुख गजेन्द्रबहादुर शाहीका अनुसार ८० सिट क्षमताको सो जहाजमा दुई बच्चासहित ७७ जना यात्रु सवार थिए । धनगढीबाट उड्दा काठमाडौंको मौसम ठिक थियो तर एकाएक बिग्रेपछि जहाज भैरहवा पुर्‍याइएको थियो । नेपालगञ्जबाट उडेको जहाज पनि भैरहवा अवतरण गरिएको थियो ।


जहाज अवतरण हुन नसकेका कारण चालक र परिचालकले यात्रुलाई नबताएपछि यात्रुहरुबिच रुवावासी चलेको थियो । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :