नेपाल प्रहरीले सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई पक्राउ गरेको छ ।
पुनललाई केही समय अघि पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता भीम प्रसाद ढकालले गण्डकी एक्स्प्रेस्लाई जानकारी दिए ।
६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँगको सम्वन्धमा देखिएपछि पुनलाई छानबिनको दायरामा राखिएको थियो ।
पुन माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत हुन् ।