हिरासतमा रहेका एक किशोरले दिए प्रहरी कार्यालयबाटै माध्यमिक शिक्षा परीक्षा (एसइई) - Gandaki Express

Breaking Posts

Type Here to Get Search Results !

ads

हिरासतमा रहेका एक किशोरले दिए प्रहरी कार्यालयबाटै माध्यमिक शिक्षा परीक्षा (एसइई) - Gandaki Express

Top Post Ad

तस्विर स्रोत : गोरखापत्र 


चैत १५ गते । सर्लाहीको हरिवनस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका एक किशोरले प्रहरी कार्यालयबाटै माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका छन् । 


आत्महत्या दुरुत्साहन मुद्दामा दुई सातादेखि हरिवन प्रहरीको हिरासतमा रहेका हरिवन नगरपािलका-९, स्थित ज्ञानज्योति आवासिय विद्यालयका एक प्रशिक्षार्थीले प्रहरी कार्यालयबाटै एसइई दिएका हुन् । 


ज्ञानज्योतिको परीक्षा केन्द्र श्री ५ महिन्द्र जनता माध्यमिक विद्यालय बागमती नगरपालिका–११, कर्मैयामा तोकिएको छ । परीक्षा केन्द्रसँग समन्वय गरी प्रहरी कार्यालयमा नै कोठा व्यवस्थापन गरी ती किशोरलाई परीक्षा दिने व्यवस्था मिलाइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिनुभयो । 


प्रहरी निरिक्षक गिरीका अनुसार ती किशोर आमाको मृत्युपछि आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् । यही मुद्दामा किशोरका बुवासमेत प्रहरी हिरासतमै रहेका हरिवन प्रहरीले जनाएको छ । 

Below Post Ad

प्रतिक्रिया :

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.