देशभर घरेलु हिंसाका चाङ दिन प्रतिदिन बढ्दै - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

देशभर घरेलु हिंसाका चाङ दिन प्रतिदिन बढ्दै - Gandaki Express


चैत १५ गते । नेपाल प्रहरीले एक वर्षको अवधिमा ५९ हजार ६१ वटा घटनाका मुद्दा दर्ता गरेको छ । प्रहरीका अनुसार दर्ता भएका मुद्दामा सबैभन्दा धेरै घरेलु हिंसाको मुद्दा १६ हजार सात सय ४१ रहेको छ । अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण गरी बिहीबार प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी प्रहरीले दिएको हो । 


प्रहरीको तथ्याङ्क विश्लेषणमा सबैभन्दा धेरै अपराध १७ हजार तीन ९७ काठमाडौँ उपत्यका मातहतका जिल्लामा दर्ता भएको छ । जुन कूल घटनाको २९.४५ प्रतिशत हो । सबैभन्दा कम कर्णाली प्रदेशमा एक हजार नौ सय ६५ वटा अपराधका घटना दर्ता भएको छ । तथ्याङ्कअनुसार देशभर बैङ्किङ कसुरमा १३ हजार दुई सय ७७ वटा मुद्दा दर्ता भएको छ ।


आर्थिक अपराधको रूपमा रहेको यस मुद्दाको सम्बन्धमा २०८० असार ११ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सबै जिल्ला प्रहरी कार्यालयमा घटनाको दर्ता हुने भएपछि सङ्ख्या बढेको देखिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारी (प्र.ना.म.नि.) भीमप्रसाद ढकालले बताउनुभयो ।   


ढकालका अनुसार, महिला तथा बालबालिकासम्बन्धी २१ हजार एक सय ९७ वटा घटना दर्ता भएको छ । यो कूल घटनाको ३५.८९ प्रतिशत हो । जसमध्ये सबैभन्दा धेरै घरेलु हिंसाका १६ हजार सात सय ४१ वटा निवेदन दर्ता भई आठ हजार तीनसय ४९ निवेदन मिलापत्र भइसकेको छ । साथै, जबरजस्ती करणीको दुई हजार चारसय ६८ वटा मुद्दा दर्ता भएको छ । महिला तथा बालबालिकासम्बन्धी अपराधहरू अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा धेरै दर्ता भएको देखिएको छ ।


एक वर्षमा आत्महत्याका सात हजार एक सय ९४ घटना दर्ता भएकोमा कोशी प्रदेशमा सबैभन्दा धेरै एक हजार पाँचसय ३० घटना दर्ता भएको छ । अपहरण तथा जबरजस्ती करणी, जबरजस्ती करणी गरी कर्तव्य, मानव बेचबिखन तथा जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग तथा ओसारपसार, अपहरण वा शरीर बन्धकसम्बन्धी कसुर, डाँका चोरी, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योगलगायतका गम्भीर प्रकृतिका अपराधहरू कूल पाँच हजार एक सय ५० वटा दर्ता भएकोमा सबैभन्दा धेरै घटना कोशी प्रदेशमा एक हजार ६६ वटा दर्ता भएको छ । 


गण्डकी प्रदेशमा सबैभन्दा कम तीन सय १२ वटा घटना दर्ता भएका छन् । त्यही अवधिमा लागूऔषधको चार हजार दुई सय ८४ वटा मुद्दा दर्ता भएकोमा छ हजार पाँचसय आठ जना प्रतिवादी पक्राउ परेका छन् । सो अवधिमा १३ हजार एक सय २२ जना फरार अपराधीलाई नियन्त्रणमा लिई सजायका लागि सम्बन्धित अदालतमा पेस गरिएको छ । १६ वर्ष सात महिना कैद र जरिवाना बापत ९१ अर्ब ९७ करोड ९६ लाख १६ हजार पाँच सय ३८ रुपियाँ तोकिएको प्रहरीले जनाएको छ ।  

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :