कपिलबस्तुबाट काठमाडौं तर्फ आउँदै गरेको बस पृथ्वी राजमार्गको घाटबेसीमा दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको छ ।
लु २ ख २१२१ नम्बरको बस त्रिशुली नदीमा खसेको हो । बसमा सवार मध्ये ३५ जनाको जीवितै उद्दार गरिएको हाम्रा धादिङ संवाददाता शिव शिलवालले जनाएका छन् ।
बसमा ४१ जना रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।