पोखरा , फाल्गुन २४ गते । स्वतन्त्र पत्रकार सङ्घ कास्कीले १२ औँ स्थापना दिवस, साधारण सभा तथा छैटौँ अधिवेशन एवम् पत्रकार महिला सम्मान समारोह कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष असफल गौतमको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा यस वर्षको पत्रकार महिला सम्मानमा खोज मिडियाकी रजनी तामाङ स्याङ्बोलाई सम्मानित गरेको छ ।
सो अवसरमा वरिष्ठ अधिवक्ता तिलक पराजुली, जिल्ला समन्वय समिति कास्कीका अधिकृत नवराज बराल, केन्द्रीय अध्यक्ष कृष्ण बास्तोला, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारी, संस्थापक उमाकान्त शर्मा लगायतले बोलेका थिए ।
अधिवेशनले अध्यक्ष कृष्ण रानाभाट र उपाध्यक्ष डिआर काफ्लेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
त्यस्तै कोषाध्यक्षमा राधा ढकाल र सचिवमा रजनी तामाङ निर्वाचित भएका छन् भने सदस्यहरूमा गणेश बज्र लामा, अल्चना श्रेष्ठ, मदन जैसी र नवीन क्षेत्री सर्वसम्मत चयन भएका छन् ।